Skip to content


वासन्ती फूलजस्तै
सधैँ मगमगाउनु मधु तिमी
लाखौँको हृदयमा
यसरी नै अटाउनु मधु तिमी
दिनदिनै शिखर चढ्दै
चढ्दै जानु मधु तिमी
बेली, चमेली, वास्मतीझैँ
सुगन्ध छर्दै जानु मधु तिमी

चालेछौँ पाँच सय पाइला
लाखौँ चाल्नु मधु तिमी
जन्मायौँ लाखौँ सर्जक
करोडौँ जन्माउनु
मधु तिमी
बनेका छौँ प्रिय सबको
यस्तै प्रिय बन्नु मधु तिमी
पूर्णेको चाँदनीजस्तै
सधैँ जगमगाउनु मधु तिमी
फुल्नु, फल्नु लटरम्म भै
डाली नै नुगाउनु मधु तिमी
यही कामना तिमीलाई
यस्तै अमृत छर्नु मधु तिमी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *