चुम्न भनी कमल-पुष्प हात दिएकी तिमीले हो
नजर अघि सन्किएर मात दिएकी तिमीले हो
छताछुल्ल पोखिएको पुष्ट थियो यौवन
मायालु बनी मीठो यौटा रात दिएकी तिमीले हो ।
रातो केश, बहुलट्ठी भेष अनि झिमझिम निमेष
जनसंविधान लेख्छौँ भन्छन् तर सामन्ती अवशेष
सत्तामा गई भत्ता खाँदा पान-पत्ता चपाएरै
खूबै हुन खोज्छन् अरे ! भुँडिएका श्री गणेश !
