Skip to content

सवाल-जवाफ (गजल) : सक्छौ भने सोध प्रश्न आँखा आँखा जुधाएर


सवाल

मनभित्रको मझेरीमा तिमी आफैंलाई डुबाएर
सक्छौ भने सोध प्रश्न आँखा आँखा जुधाएर

रामले पनि अविश्वास त गरेके हुन सीतालाई
मनले मान्छ भने सानु हाल अग्नि जलाएर

आफनो ईज्जत आफैंढाकी चोखो बन्नु पर्ने मैले
भैगो सानु झुटो चोखो आफैं हेर फुटाएर

पानीमाथि ओभानो भै दोषी आज मनै भए
तागत हो त्यो भने तिम्रो लैजाऊ मन चुडाएर

– मिथिला प्याकुरेल

जवाफ

आफैंलाई डुबाएर सक्छौ फेरि तर्न तिमी
त्यो गाजलु आँखा हेर्दा आयौ भने हेर्न तिमी

अविश्वास गर्दिन म हात दिए आउँछु पास
अग्नि छोई सिंदुर हाल्छु तयार छौ भर्न तिमी

सीताभन्दा चोखो नै छौ मैले सोचे पुग्छ आज
त्यो ज्यान विना एक्लो मनमा आऊ राज गर्न तिमी

आफनै जोवन लुकाई राख्नु तिम्रो ठुलो दोष थियो
मैले पहिल्यै चिन्या भए तत्पर हुन्थ्यौ सर्न तिमी

– रामकृष्ण पौडेल

2 thoughts on “सवाल-जवाफ (गजल) : सक्छौ भने सोध प्रश्न आँखा आँखा जुधाएर”

  1. gajal
    न बोल्न सके न भन्न सके
    न तिमी भित्र म चल्न सके

    आगो बिनानै जीवन जली रह्यो
    न त केही गरी म निभ्न सके

    तिम्रो याद आउँदा पिडा बढी दिन्छ
    न त पिउदा नै तिमीलाई भुल्न सके

    यो कस्तो नशा हो झन बढेको छ
    तिम्रो आशै आशमा न त मर्न सके

Leave a Reply

Your email address will not be published. Required fields are marked *