अचेल दिन र रात उस्तै छ
लुटेराहरूको जमात उस्तै छ
दिउँसै अँध्यारो भएको छ देश
बलात्कार, हत्याको उत्पात उस्तै छ
सल्किँदैछ आगो यत्रतत्र फेरि
झ्नै घिउ थप्ने वर्षात् उस्तै छ
मिलेको कहाँदेखियो र दुई ध्रुव
यहाँ पनि घात-प्रतिघात उस्तै छ
कैयौ मरे देशका निम्ति मर्न त
शहीदको सूचीमा अज्ञात उस्तै छ
पुष्प अधिकारी

ramro cha anjali ji
ramro cha anjali ji
kayau mare des ko nimti arna ta,sahid ko suchima agyat ustai 6.
anjali ji nice to read ur gajals again after so long, out of d nation.
i rember them hearing in the FMs of chitwan.
thanx to majheri.