सवाल : मिथिला प्याकुरेल
मेरो घरमा शङख बज्दा त्यसको तालमा नाँच्नु तिमी
म त मरेर माटोमा मिल्छु युगौं युग बाँच्नु तिमी
मेरो चितामा आगोको कुनै सानो झिल्कोले जब भेट्छ
सँगै मिलि सारेको पिपल त्यतिनै बेला भाँच्नु तिमी
मेरो लासमा चढ्ने फुलझै तिम्रो जीवन फुलिराखोस्
मेरो संसार त उजाड्यौ आखिर अर्काको लागि साँच्नु तिमी
मेरो त्याग प्रश्न चिन्ह भै दोसाँधमा उभियो भने
मेरो अस्तु र तिम्रो उनीको सिन्दुर जोखेर जाँच्नु तिमी
अन्तिम ईच्छा मेरो हे प्रभु म मरेर पनि उनीलाई स्पर्श गर्न
मेरो स्पर्श र उनको अंगालो सक्यौँ भने दाँज्नु तिमी
जवाफ : रामकृष्ण पौडेल अनयास
तिमी मरेर म ज्यूनुमा कस्को लागि बाँच्नु अब
मेरो पनि शंख बज्यो सँगै चिता गाँस्नु अब
म पनि त सँगै छु नि तिम्लाई पोल्दा मलाई दुख्छ
केको लागि चाहियो पीपल आफैले नै मास्नु अब
कस्लाई लिएर जान्छ्यौ र, बाँच्दा तिमीसँगै बाँचे
साँच्नु छैन बाल चिता आनन्दले हाँस्नु अब
म जलेको अन्तिमसम्म, बस त्यस्तो लाग्छ भने
उठाएर मेरो अस्तु आफ्नै सिन्दुरसँग दाज्नु अब
विश्वासनै रै छ बाधा ईच्छा एउटै भएपछि
अर्को जन्म सँगै बाँचौ सिँउदो खाली राख्नु अब

hiiiiiiiiiii
RAMKRISHNA k ho गजल ta ramro lakhni kaila bata ho ta yakdam ramro 6