घडीको सुई
चले झैँ
जिन्दगी चलिरहन्छ ।
खित्रिक-खित्रिक आवाजमा
मान्छेको जिन्दगी
कति ठोकिरहन्छ-
जीवनका पलहरूमा ।
पन्ध्रमा
तीसमा
पैतालीसमा
साठीमा…..
आँसोमा
हाँसोमा
सुखमा
दुःखमा…..।
घडीको सुइ त फेरि-फेरि घुम्छ-
र,
पुरानो बनाउँछ
आफ्नो
अतीतलाई ।
तर
मान्छेको जिन्दगी
कसको पो छ दुख्दै नदुखेको ?
जिन्दगी पनि
फेरि घुमिघुमी आउने
घडीको सुइझँै भए
कति ले लगाउँथे-
जिन्दगीको चोला
मिलाइ-मिलाई
लगाउन
र
फटाउन ।
युवामञ्च २०६७ चैत
