सपनीमा नदेखेको रात हुन्न कहिल्यै पनि
बिपनीमा भेट हुन्छ बात हुन्न कहिल्यै पनि
मन पर्छ माया लाग्छ मायालुको जात एउटै
पिरतीमा सानो ठुलो जात हुन्न कहिल्यै पनि
सिरसिरे हावा चल्यो त्यही बेला पात हल्लियो
हावा चल्दा नहल्लिने पात हुन्न कहिल्यै पनि
नशा रैछ प्रेम पनि मात लागे झैं लठ्याउँछ
नशा बिना लठ्याउने मात हुन्न कहिल्यै पनि
माया भन्नु बिश्वास हो जीवन भन्नु साथ रैछ
यति साँचो बिश्वासमा घात हुन्न कहिल्यै पनि
अज्ञात पाल्पाली

hawa chlada na halline paat hunna kahile pani.!
gr8 one.!
maja aayo padha..! keep it up..!
all the best
gajal bahut mitho laagyo sir badai chha