धेरै योग्य गुणी जगद्गुरु हुने होला कहाँ को भनी
विद्याको मुटु मुख्यकेन्द्र जुन हो कासी त्यहीँका पनि
खोज्दैथे सब प्राज्ञ पण्डितहरू जहीँतहीँ विश्वमा
यस्तै मानव एक भेटिनु भयो नेपालकै भूमिमा
भन्छन् मानिस बालसन्त गुरुज्यू संसारमा वास्तव
सोचेझैँ मिलदा त पण्डितसभा भो हर्षले गद्गद
सबैसम्मतबाट विज्ञजन ती विद्वान्को निर्णय
हर्षैसाथ भयो जगद्गुरु दिने बाझेन त्याँ क्वै मत
त्यसको श्रीअभिलेख राखिन गयो कुँदेर स्वर्णाक्षर
गाए गान सुकीर्ति प्राज्ञहरूले नेपालको शाश्वत
नेपालीजनमा उपाधि पहिलो अनन्तश्रीभूषित
ज्यादै गौरवको जगद्गुरु हुने पाई अनौठोसित ।
एकाएक त बालसन्त गुरुले नेपालको इज्जत
धेरैमाथि पुर्याउँदा सकलछौँ उत्साहले हषिर्त
चम्किरेछ सुमेरुकुम्भ न गरी कोका र कोसी जहाँ
औतारी प्रभु श्रीवराह हरिको प्राचीन यो द्वारमा
बस्ने पे्रत – पिशाच – भूत, चतरा क्यै काल पैले त यो
मूर्दाघाट मशानघाट अहिले श्रीपुण्यको धाम भो
यी प्राचीन पवित्र धार्मिक थला अमृतपिण्डेश्वर
जसका कारणले उजागर भए रुद्राक्षका पर्वत
राधाकृष्ण त मुख्यमन्दिर बन्यो पाटी र पौवा झन
बन्दैछन् अहिले यही नगरमा अन्यान्य पीठाश्रम
अर्वाचीन र प्राच्य वस्तु सब यी वेदान्तविद्याश्रम
नेपालीपन – बालसन्त -चतरा झल्किन्छ वृन्दावन ।
यस्को सार महत्त्व तत्त्व गरिमा राष्ट्रियताका धन
अन्योन्याश्रति बालसन्तसित छन् मिल्दैन छुट्याउन
अन्तर्राष्ट्रिय मानका कदरको दायित्व सर्कारमा
यस्ता श्रीगुरुमा सुस्वास्थ्यसहितै दीर्घायुको कामना ।
इनरुवा-९, सुनसरी
मधुपर्क २०६८ बैशाख
