पहेंलो रंग प्लास्टिकको मालामा
सम्झौतामा फसेको भानुलाई,
बधाई छ है जन्म जयन्तिको
बधाई छ,
आज जन्मिएको कविहरुलाई
र स्वगात छ,
घडीको दासत्वमा फसेका दिगजहरुलाई,
थर, जात, धनी-गरिबको
चक्रबिउमा फसेका नेपालीहरुलाई
भाषिक एकताको सुत्रमा बाध्ने भानुलाई,
आज,
नेपालीले जन्म जयन्तीमा मात्रै सम्झने गरेको छ,
झयार पात र सुलिले ढाकेको भानुलाई
हेर्न सम्म पनि फुर्सद नहुने हामी,
आज,
खुब भानु गाथा गाउँछौ,
रामायणको श्लोकहरु रटटा मारी
भोलिको पत्रिकामा आफ्नो नाम र तस्विर खोज्छौ,
भोली,
भानु चिनाउने मोतीरामलाई
भानु भन्नु बेर नलागने,
आदिकवि को हो कुनी
भानु पछि पाला थप्ने,,,,,,
भोली,
पत्रिकामा तस्विर साथ
२०११ को भानु जयन्ति समारोह सम्पन्न,
फल्ना अतिथिले यसो भने
फल्ना कवि पुरस्कृत भए,
आफ्नै जन्म जयन्तीमा भानुको नाम मात्र
त्यो पनि आधा …..
अब,
भानुले प्रतिक्षा साँच्दैछ,
२०१२ भानु जयन्तिको !!!!!!!
