मर्न लाग्या’ यो मन्लाई जगायौ तिमीले
मनभित्र ठूलो हुरी चलायौ तिमीले
बाँच्नुभन्दा मर्नु निको मै भन्थे पहिले
बाँच्ने आशा दिन-दिनै बढायौ तिमीले
हुँदा-हुँदै नाता हाम्रो अनौठो अहिले
भत्केको त्यो मेरो घर बनायौ तिमीले
सम्हाल्छु म भन्दै आयौ सुस्तरी सुस्तरी
आफ्नै चोखो माया आज लुटायौ तिमीले
दु:ख जति आफै लिई सुखमा भुलाई
आफू भासिएरै पनि उठायौ तिमीले
यसै गरी बाँच्न पाए जीवन उज्यालो
स्वर्ग सरी काखमाथि सुतायौ तिमीले
बिराटनगर – ४ , मोरंग
