म आत्तिएको होईन चुम्न तिम्रा ओठहरू
झुठो नि त साँचो ठाने देखाईन खोटहरू
अन्जान डरले किन आज खेदिँदैछ मन
आखिर खै किन आज तेजिँदैछ धड्कन ।।
भनुँ किन नभनुँ किन, लाग्दैन तिम्रो मन दुखाऊँ
नजित्ने यो खेलमा, म दाउ कति लागाऊँ ?
लाग्छ किन फेरि छोडु जोडिएको बाटो
फुकाउनु परे यदि फुकाउनु तिमी गाठोँ
म आत्तिएको होईन चुम्न तिम्रा ओठहरू
झुठो नि त साँचो ठाने देखाईन खोटहरू
ईश्वर तिमी चाहान्छौ के ल्याउन दुई बिच फाटो
नानाखेल किन खेल्छौ, जुराईदेऊ न बाटो
फुकाउनु परे यदि फुकाउनु तिमी गाठोँ
म आत्तिएको होईन चुम्न तिम्रा ओठहरू
झुठो नि त साँचो ठाने देखाईन खोटहरू
फूलपछि फलै लाग्छन् निहुरिन्छन् बोटहरू
झुठो नि त साँचो ठाने देखाईन खोटहरू
आत्तिएको छैन कहील्यै चुम्न तिम्रा ओठहरू ।।
अगष्ट २७ २००९ प्रात ८ः२७
