Skip to content

बिदाइ गरे प्रेयसी


मलाई माफ गरिदेऊ प्रेयसी
यसलाई समयको माग मान
या,
हाम्रो अधुरो प्रेम कथाको
कुनै आवश्यकता
मौसम परिवर्तनसँगै
नयाँ वर्षको आगमनसँगै
मैले तिमीलाई अन्याय गरेर
मैले तिमी माथि सौता हालेको छु
प्रिया मलाई माफ गरिदेऊ
मैले अर्कै विवाह गरेको छु

i,m so sorry my sweet heart
Because of,
i have married a new girl
तिम्रो यो पागल प्रेमिलाई माफ गरिदेऊ
And
Let’s gives a congrats
to a new couple.

रहर थिएन, मलाई पनि
तर के गर्नु
एउटा एलन लाइफ सँगै
घरमा अर्की वाइफ ल्याउन
मलाई कर लागेको छ
मैले।तिमीमाथि सौता हालेको छु
उसलाई स्वागत गरिदेऊ
उसलाई स्वीकार गरिदेउ।

अहिले मैले बिगतमा बिताएका पलहरू
तिमीले छोडेर गएका सम्झनाहरू
अतित :एउटा अधुरो प्रेम कहानी
अनि तिमीले दिएर गएका ती यादहरू सिवाय
अब अरु केही पनि बाँकीरहेनन पृयसि
मसँग
ती पलहरू
अब एउटा राजा रानिको अपूर्ण प्रेम कहानी जस्तै भए
अब ती पलहरू
केबल एउटा स्वर्णिम स्वप्नभाष जस्तै रह्ये
तर तिमीसँग बिताएका ती यादगारहरू
ती पवित्र प्रेम सम्बन्धका मिठा मधुमासहरू
सधा अमर रहनेछन
जिन्दगीभर सधा
चिर स्मरणमा रहनेछन हर्दम
म तिम्रो त्यो तस्बिरलाई ईश्वर झै अर्चना गरिरहनेछु
मेरी प्राण प्यारी पृयसि तिमीलाई स्वर्गबासको कामना
आज पागल मेरा यी मनहरुमा
केवल तिम्रै मात्र कल्पनाहरू झलझल
अँझै आइरहेछन्
तिम्रो असामयिक निधनले आज
मलाई अपरम्पार पिर परेको छ
प्रेयसी !
मेरो यो छाती
अनि आज
मेरो यो गम्भीर हृदय
भावबिवल हुँदै
चरक्क चिरिएको छ
छियाछिया भएर
एकैतालमा भासिएर आज
तल तराईको समथलमा पुगेको छ
तिम्रो मृत शरीर
र आत्माको चिर शान्तिको प्रार्थनामा
तिमीसँग
एकछिन म मौन धारण गर्ने अनुमती लिन चाहन्छु
अनन्त अमृतमय प्यारहरुले भरिएकी
मेरी प्राणप्यारि प्रेयसी
आज तिम्रो देवाशनले
मेरो एउटा सानू हर्षित इतिहासको अन्त्य भएको छ
मेरो एउटा प्रकाशित युगको अन्त्य भएको छ
चिहानमा तिम्रो मरेको लासको बिदाइहरू सँगै
जुन जस्ता ती तिम्रा यादहरुको प्रकाश
त्यो निलो आकाश नमेटिने एउटा टाटो बनेर बसेका छन्
अँझै आज
मेरो धर्तीमा !
मेरो संसार !
अचानक आज बिहान मेरो घरमा एउटा उज्यालो
सूर्यकिरण र एक गोरो प्रभाकर जन्मिएको छ
एउटा नयाँ सस्कार जन्मिएको छ
मेरो परिवारमा मेरो छोरो जन्मिएको छ
आज मेरो घरमा एउटा नबजात शिशु भित्रिएको छ
प्रेयसी ।

अनि उसको अनुहार अति सुम्दर छ
र उसको नाम हो
दुई हजार बीस!

तिमीलाई थहा छ मेरी स्वर्गीय श्रीमती
मैले विवाह गरेकी नबदुलही अति सुम्दरी छिन
र उनको शुभ नाम हो
जनवरि

तिमी आज यो संसारमा नरहे पनि
याद रहोस!
तिमी सधैं अमर रहनेछौ
र यादहरू सधैं यादगार रहनेछन
र निरन्तर तिमी सधैं मेरो कवितामा
जीवनभर मेरो इतिहासको पानामा
मेरो हृदयको धड्कनहरुमा
मनमा!
तिम्रा ती अँझर प्यारहरू
अनि एउटा अमिट हस्ताछ्यरसँगै
हर्दम लेखिएकी हुनेछौ तिमी !
तिमी
तिमी
तिमी !
किनकि,
तिमी
पुरातन वर्ष २०१९ साल थियौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *