Skip to content

३४(क) मढारिएको उच्छृंखलता ।


मैले अझै बुझन सकिन
मेरा जीवनका रसहरू,
जुन जताततै पोखिएर
छताछुल्ल भएका छन् ।
हार्दिकताले उनका ओठहरूले
मेरो ओठ चुम्न खोज्दा,
लालची मेरा हातहले
सर्बत्र अँठ्याउन भ्याएका छन् ।

म चाहन्छु कतिसम्म
र कुन हदसम्म पुग्न सक्छु,
मैले बुझ्न नसकेका
मेरा जीवनका रंगहरू
मैले कहाँ भेट्न सक्छु ।
मेरो अ‍ैंलाहरूले तिम्रो
हर अंगको तरंग बुझन सकेनछन्
तर,
हार्दिकताले उनका ओठहरूले
मेरो ओठ चुम्न खोज्दा,
लालची मेरा हातहले
सर्बत्र अँठ्याउन भ्याएका छन् ।

प्रेमका प्रत्येक प्रत्येक रातहरू
मैले तिम्रो मञ्जुरी मै काटेको छु,
तर पनी मैले बुझन सकिन
मेरा जीवनका रसहरू,
हजार बार तिम्रो निर्दोषिता
माथि मैले आँखा गडाएछु,
तैपनी प्रेमका प्रत्येक प्रत्येक रातहरू
मैले तिम्रो मञ्जुरी मै काटेको छु,
अनि प्रत्येक बिहानीको सुरुवात
कलेटी परेको ओठको मुस्कानबाट
छिः
हार्दिकताले उनका ओठहरूले
मेरो ओठ चुम्न खोज्दा,
लालची मेरा हातहले
सर्बत्र अँठ्याउन भ्याएका छन् ।

मेरो प्रत्येक समयको धार
तिम्रो अमिलोपनले कुँडिएछ,
तर मैले बुझन सकिन
बेढंगले भरिएको रसहरू ।
मेरो मढारिएको उछृंखलता
आज तिम्रो सीमाना छिचोल्दै छन्,
त्यसैले त,
हार्दिकताले उनका ओठहरूले
मेरो ओठ चुम्न खोज्दा,
लालची मेरा हातहले
सर्बत्र अँठ्याउन भ्याएका छन् ।

अक्टुबर २६ २००९

Leave a Reply

Your email address will not be published. Required fields are marked *