मन थामी सुन्नु हजुर लाहुरेको कथा
ईराकको सुनाऊँ कि अफगानको ब्यथा
जहाज उडाई न्युयोर्कको टावर हानेको
यस्तै ब्यथा उसै गरी अफगान छोएको
कोसोभोको सुनाऊँ कि कारगिलको ब्यथा
मन थामी सुन्नु होला लाहुरेको कथा
छैन हजुर शान्ति कतै मेरै देश रोएको छ
दाजुभाइको हान थापमा रगत बगेको छ
सुन्छु सधै देख्छु यस्तै मेरै देशको ब्यथा
नेपालको सुनाऊँ कि बेलायतको कथा
मन थामी सुन्नु होला लाहुरेको कथा
ईराकको सुनाऊँ कि अफगानको ब्यथा
सुरेन्द्र ईङ्नाम
ब्रुनाई
