Skip to content

कस्तो ब्यथा यो मुटुमा तिमीले सारिदियौ


कस्तो ब्यथा यो मुटुमा तिमीले सारिदियौ
बिदाइको क्षणमा किन आशुँ झारिदियौ

बाटो छेक्ला भरे फेरि आशुँ भेल आई
जाऊँ कि फिर्यौ साह्रै ठुलो दोधार पारिदियौ

चिसो चुल्हो बाल्नलाई सार्है धौ-धौ थियो
मुग्लान जाने कमाउने आश मारिदियौ

भन तिमी के गरौ म रोजगार छैन देशमा
नबोलेरै मेरा सारा कुरा टारिदियौ

तिर्थ”यात्री”पौडेल

1 thought on “कस्तो ब्यथा यो मुटुमा तिमीले सारिदियौ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *