Skip to content

म बाँचेर के अर्थ


यो मेरो भौतिक शरीर रचना, मिल्काई दिऊँ कतै
आडम्वरी यो मायाबाट छुटन, जीवन सेलाऊँ त्यतै
कसैको चित्त बुझाउन नसके, धर्ती बोझ के गर्नु
सभ्य समाजमा हुर्कन नपाए, त्याँ के संघर्ष गर्नु ?

तिम्रो इच्छाबमोजिम हिड्न सकिन, म बाँचेर के अर्थ
सम्पतीको चिच्याहटमा रुपलिएर, बाँचेर म के अर्थ
भित्रभित्रै पोलेको डाह छ यहाँ, कसरी बाँच्नु छ र
मुटुको संचार ढकढक गर्छ जहाँ, कसरी नाँच्नु भो र ?

व्यवहारको आधारसिला ढाल्यौ, साथ अब नखोज
भौतिक शरीर सेलाई आउनु अनि, मिठो लाउनु भोज
नजरमा पर्दा तिम्रो रसलिला, सुक्छ तुरुन्तै भने
चेहरा नदेख्ने बाटो तताउदै छु, आजैदेखि दिन् गने

सिकाउँदा केही हुदैन बानी बदली, के बोल्नु र यहाँ
छादुन्जेल मुख चलाउँछ्यौ तिमी, के टेक्नु धर्ती त्यहाँ
लेवरभन्दा बढी सघाउदै आछु, तिम्रो खुसीको लागि
इज्जतको पोको रंगमञ्मा देखायौ, बाँच्नु छ के जागी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *