Skip to content


किन व्यर्थै चिन्ता गर्‍छौ ?
किन डराउने तिमी कोहीसँग ?
कसले तिमीलाई मार्न सक्छ ?
आत्मा न पैदा हुन्छ न त मर्छनै
जे भयो त्यो राम्रो भयो
जे भइरहेको छ त्यो राम्रो भइरहेको छ
जे हुनेछ त्यो पनि राम्रोनै हुनेछ
तिमी भूतको पश्चात्ताप नगर
भविष्यको चिन्ता नगर
वर्तमान चलिरहन्छ
चलिरहेको छ
तिम्रो कोही मरेको छैन
तिम्रो के गयो ?
किन तिमी रुन्छौ ?
तिमीले के ल्याएका छौ र ?
जो तिमीले गुमायौ
तिमीले के उत्पन्न गर्यौ ?
जो नाश भइगयो
न तिमी केही लिएर आयौ
जे लियौ यहीँबाट लियौ
जे दियौ यहीँ दियौ
जे लियौ यही भगवानबाट लियौ
जे दियौ उहाँलाइनै दियौ
खाली हात आयौ खाली हात जानेछौ
जुन चिज आज तिम्रो हो
हिजो अरु कसैको थियो
अझ अस्ती अरु कसैको थियो
तिमी यसलाई आफ्नो सम्झेर मग्न छौ
बस् यो प्रशन्नतानै तिम्रो दुःखको कारण हो
परिवर्तन संसारको नियम हो
जसलाई तिमी मृत्यु सम्झन्छौ
त्यही त जीवन हो
त्यो त आत्माको लुगा फेराइ हो
जीवन कहिल्यै मर्दैन
एकै छिनमा तिमी करोडौंको मालिक बन्छौ
एकै छिनमा तिमी दरिद्र हुन्छौ
मेरो तिम्रो
सानो ठूलो
आफ्नो अर्काको
मनबाट हटाइदेऊ
बिचारबाट हटाइदेऊ
फेरि सबै तिम्रो हो , तिमी सबैका हौ
न यो शरीर तिम्रो हो
न तिमी शरीरको हो
यो अग्नी जल , बायु , पृथ्वी , आकाशबाट बनेको छ
र यसैमा विलिन भइजान्छ
परन्तु आत्मा स्थिर छ
फेरि तिमी के हौ ?
तिमी आफूलाई भगवानमा अर्पित गर
यही सबभन्दा उत्तम सहारा हो
जो यो सहारालाई बुझ्दछ
जो यो सहारालाई जान्दछ
ऊ सदा चिन्ता शोकबाट सर्बदा मुक्त हुन्छ
जे पनि तिमी गर्‍छौ
त्यसलाई भगवानमा अर्पित गरिरहु
यसैबाट तिमी जीवन-मुक्तको आनन्द अनुभव गर्‍छौ ।

बिजु सुवेदी “विजय”
कुलेश्वर काठमाण्डौं
bijusubedi@hotmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *