तातो रसिलो ‘ठ र बाँसुरी
हे प्रभु मलाई बाँसुरी बनाऊ
र, प्रियतमाको रातो ‘ठसम्म पुर्याऊ
सास फुकेर राग रागिनीको
मलाई जीवनमय बना’स्
सम्पूर्ण ऊर्जाहरू मायाको सलल बगा’स्
म मुग्ध भएर भावातित ध्यानमा
मधुर ध्वनि बाहेक केही नरहुँ
नरम स्वर बाहेक केही नरहुँ
बगिरहँु, बगिरहुँ अनन्त अन्तरिक्षसम्म
सृष्टिको प्रत्येक अणुलाई अङ्कमाल गरेर
म बाँसुरी बाहेक केही नरहुँ।
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६
