Skip to content

बर्बाद घर नहोस् कसैको

  • by


बर्बाद घर नहोस् कसैको
खरानी रहर नहोस् कसैको

जुध्दैमा आँखा उसैसित
घायल नजर नहोस् कसैको

खेल्नलाई खेल्नु बैंसको खेल
बिटुलो अधर नहोस् कसैको

मित्रताको हात बढाउँदा पनि
साथमा खंजर नहोस् कसैको

बाँचौं हामी प्रेमपूर्वक
आपसी टक्कर नहोस् कसैको

देखौं अनि प्रसन्न हजुरलाई
दिल पत्थर नहोस् कसैको

साथ नदिएनि कसैले यहाँ
निस्तो प्रहर नहोस् कसैको

जम्दैछ अब जिन्दगीको महफिल
उठ्ने तरखर नहोस् कसैको।

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *