घरका सबै
बेरोजगार मोबाइलहरू
फोनभन्दा पनि
बढी नेट फेसबुक
गेम र युट्युब चलिरहने
मोबाइलहरू
सडक किनारमा लगेर
सरकारद्वारा दहन गरियो
ज्युदै जलाइयो तिनीहरुलाई
मट्टितेल हालेर आगो लगाइयो
र चिताबाट उडिरहेका धुवाहरू
एकछिन भएपनि
शीतलहरमा
शुकुम्बाशिहरुलाई
न्यानो ताप्न लगाइयो !!
म अहिले सोचिरहेछु
रहर थियो मलाई पनि
अफसोच,
तर किन मैले
जिन्दगीभर
कहिले पनि
उङ्का यादहरू जलाएर न्यानो सेक्न सकिन सरकार ।
