किन सस्तो सोच्छौ हैन म त कहरकी छोरी
आशा-दीप भै जन्मिएथेँ म त रहरकी छोरी ।।
झुपडीको अँधेरीमा चेतना दीप फिजाई हिँड्ने
बा-आमाको मनको सुन्दर म त शहरकी छोरी ।।
सुनौला धान झुली खेतमा शीतको थोपा टल्किए झैँ
हेमन्ती पवनमा चल्ने म त लहरकी छोरी ।।
डाँडामाथि सानो गाउँमा जुनकिरीको तालमा नाच्ने
झरना, खोला, हरियाली म त बहरकी छोरी ।।
दुष्मन जंजालले आज सम्म अति डस्यो बालाई
तिनका जरा मास्दै हिंड्ने म त जहरकी छोरी ।।

gajal
थाहै नपाई तिमी त सुन्दर बंगैचा को माली भएछौ
राम्रो फूललाई मात्र गोड्मेल गर्ने कस्ती खालकी माली रैछौ
लांखौ फूलहरुको बिचमा एउटै फूललाई रोज्ने तिमी
राम्रो फूलको रस चूसी नराम्रोलाई घात गर्ने १ नंबरकी जाली रैछौ
सबैको नजरमा हुने गर्छौ पक्ष्य पातकी रानी तिमी …………!
… नबुझिकन बजाउने समर्थकहरुको फिक्का रंगको ताली रैछौ
थाहै नपाई तिमी त सुन्दर बंगैचाको माली भएछौ
राम्रो फूललाई मात्र गोड्मेल गर्ने कस्ती खालकी माली रैछौ