Skip to content

बाँचेर आएँ


मनमा रहर साँचेर आएँ
साहस आफ्नो जाँचेर आएँ

सुनौलो जीवन बनाउन भनी
आशाका थुङ्गा गाँसेर आएँ

दुखेको अतीत सम्झी रुनु र कति
बेदना लुकाई हाँसेर आएँ

जीवनको लक्ष्य भेटिन्छ कि भनी
नचाहेरै पनि बाँचेर आएँ

2 thoughts on “बाँचेर आएँ”

  1. सानु बाँचेर
    नमस्कार
    गजल मिठो छ । दर्द छ

    मन पर्यो ।
    लेख्दै गर्नुस, सिक्दै गर्नुस, र पढ्ने मौका दिंदै जानुस

    शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *