Skip to content


एक तमासले
हेरी पठाउदै छु
२०११ लाई !
उ जाँदै छ, गयो ।
लागेको छ
केही दिएरै गयो,
दिनको लागि धेरै
लिएर आएको थियो,
तर
लिनै सकिएन ।
धेरै गुमाइयो ऊसँग ।
नितान्त निजी सवालमा
एक साल आयु गुमाइयो ।
केही शृजनाहरू लिइयो,
केही भौतिक र बौधिक
जोर जाम गरियो ।
अलि कती भए नि
जिजीबिषाको आधार सिकियो ।
देशले त
शान्ति गुमायो,
संबिधान गुमायो ।
योभन्दा ठुलो के गुमाओस ?
धन्य देश बाचेको छ
अलि अलि ढुकढुकी लिएर ।
यसैमा मन बुझौनु छ ।
संसारलाई के हेरु ?
प्रक्रिती आँफै सुन्दर छ,
तर जापान र फिलिपिन्सहरूमा
आफ्नै सुन्दर रुप
कुरुप बनाएर गयो ।
संसार हल्लाउने
लादेनहरू लिएर गयो ।
म पनि मान्छे हुँ
भन्ने बिर्सिएका
गद्दाफीहरूलाई लिएर गयो ।
सुकीको हातको हत्कडी
खोलेर गयो ।
संसार भ्रष्ट हुँदै गर्दा,
केही अन्ना हजारे
महासयहरू जन्माएर गयो ।
अल बिदा २०११ !
जे लिएर आउँदै छ
नव बर्ष २०१२ ले
सबैले लिन सकौ ।
देशले नि लिन सकोस ।
हार्दिक शुभकामना !

बिरनो देशबाट

2 thoughts on “गयो २०११”

  1. गयो २०११
    सुजनजी

    तपाईको यो कविता पहिल्यै प्रकाशित भैसकेको छ । कृपया पुन पोस्ट नगरिदिनुहोला ! शुभ २०१२ !

  2. man ko kura
    धन्यवाद अलिकती सम्पादन गर्न खोजेको थिए तर केही छैन जे भयो ठिकै भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *