चोर भनी भनौँ भने प्रमाण बिना गार्हो भो
मेरो मुटु चोरेकै हो बाच्न मलाई सार्हो भो
ईमान्दार हुन्छु भन्दै आयौ मेरो मुटु बीच
थाहा नदिई लिई गयौ रहेछौ है सार्है निच
आयौ रात बस्यौ बास गर्यौ ठुलो मलाई घात
मागेदेखि दिने थिए के नै थ्यो र ठुलो बात
मलाई सदै लागे रहेछ तिम्रो प्यारको मिठो मात
किन टाढा हुन्छौ तिमी मिल्ने थियो हाम्रो जात
यस्तो गर्छौ भन्ने मैले सोच्या पनि थिएन
घात गर्न नैतिकताले कहिल्यै मलाई दिएन
तिमी राख चोरेको मुटु जन्म जन्म साँची
ज्युदै मलाई मारी हाल्यौ तिमी मात्रै बाँची
