हुलाकीको साथबाट, खाम हरायो
खामसँगै पठाउनेको, नाम हरायो
बर्षौको त्यो मेरो घडी, थियो परिक्षाको
आउनै बाँकी थियो परिणाम हरायो
समयले बेइमानी, चाल चलेको हो
बैशाखैमा बसन्तको, याम हरायो
धनी झन धनी हुँदै, गरिब गरिबमा
मजदुरको पसिनाको, दाम हरायो
फकाएर बादललाई, ल्याएँ धर्तीमा
हेर्दा-हेर्दै आकाशमा, घाम हरायो
