Skip to content

आखिर के नै गर्न सक्छौ ?

न त साथ दिन सक्छौ न त सँगै मर्न सक्छौ
भन प्रिय मेरो लागि आखिर के नै गर्न सक्छौ ?

आधा मुटु यता राखी आधा उता दिँदा पनि
नभएको कुरा गर्छौ मैले तिम्लाई भुँले भनी
न त बाँच भन्न सक्छौ न त ज्यानै हर्न सक्छौ
भन प्रिय मेरो लागि आखिर के नै गर्न सक्छौ ?

हिमाल र तराईको बिच पहाड तिमी अरे
भेट हुन्थ्यो लेक चढे या त तिमी बेसी झरे
न त हिमाल चढ्न सक्छौ न त बेसी झर्न सक्छौ
भन प्रिय मेरो लागि आखिर के नै गर्न सक्छौ ?

न त साथ दिन सक्छौ न त सँगै मर्न सक्छौ
भन प्रिय मेरो लागि आखिर के नै गर्न सक्छौ ?

कुमार श्रेष्ठ “यात्री”
रामेछाप,कठजोर-६
हाल : साउदी अरब रियाद
web :www.sirjanakalaharharu.com
email : kumaryatri@gmail.com
email :info@sirjanakalaharharu.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *