Skip to content

मेरा केही मुक्तक(रुवाइ)हरू


(१)
सिरकको च्यातिएको खोल भयो गणतन्त्र
बतिबेगर अध्यारो टोल भयो गणतन्त्र
ब्यर्थै अधिकार सुम्पिएछ महाशय भनाउदालाई
बादरको हातमा नरिवल भयो गणतन्त्र।

(२)
समय मलाई राखिछोड भेट हुन काम लाग्छ
सपना सजाई राख तिनलाई छुन काम लाग्छ
मेरो यादमा कतिखेर सलबलाउँछ तिम्रो आँशु
परचक्रीबाट जोगाई राख पछि रून काम लाग्छ।

(३)
समयबाट सिक्ने नै ज्ञाता हो
कोशिस गरेपछि मात्र सिकाउने बिधाता हो
परदेश लाग्दैमा माटो बिर्सेंको नठान्नु होला
प्रिय! यो त आ- आफ्नै बाध्यता हो।

(४)
झुक्याएर माथि माथि गा छ
मेयर, सभासद हुँदै मन्त्री भा छ
आफ्नो लागि अकुत सम्पत्ति कमाए भयो
जनताको दु:ख उसलाई के था छ।

(५)
तिमी र म ढुङगा माटो
कुट्थ्यौ दुवै ढिकी जातो
तिमीले नै बिर्सेपछि
मलाई मात्र के खाचो।

बिबेक दुलाल छेत्री “दमक”
वास्तविक नाम: भानु भक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यु ए ई

1 thought on “मेरा केही मुक्तक(रुवाइ)हरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *