नियतिले मेरो सिउदो नपुछेको भए
म पनि तीजमा नाच्न पाउथे
स्वामीजीको दिर्घायुको कामना गर्दै
चखेवाको जोडी बनी बाँच्न पाउथे
तर यहाँ मुटा सपना बेचेर भुलाए
स्वामीज्युको हत्या गरी एक्लो बनाए
न त कुनै भुल थियो न त कुनै खोट
दुखीलाई नै दिँदारैछन् दैवले नि चोट
लालाबाला नयाँ नाना लाउन पाएनन
बलिदान दिँदा नि नयाँ दिन आएनन
साहारा नि टुटयो नि आधार नि टुटयो
निर्दयी यो दुनियामा मेरै भाग्य फुटयो
न त मेरा पति दियौ न त सुख शान्ति
आखिरमा त मुटो रहेछनी जनक्रान्ति
मेरा सारा सपना जति खरानी पारेर
घर न घाटको बनायौ नि जिउदै मारेर
नीहित स्वार्थभन्दा माथि उठन सकेनौ
स्वाधिन्ताको नारा बोकी जुटन सकेनौ
तिमी पनि उही रैछौ कान चिरेकै जोगी
आफनै पोल्टो भर्ने एक् नम्बरको ढोँगी
