Skip to content

आजभोलि हल्ला सुन्छु जीवनसाथी खोज्दै छौ रे

  • by


आजभोलि हल्ला सुन्छु जीवनसाथी खोज्दै छौ रे
मभन्दा नि अझै राम्रो अरुलाई नै रोज्दै छौ रे ।

मेरो मुटु तिमी भन्दै सर्बस्व नै सुम्पिदिँदा
उजाड पारी संसार मेरै अझै के के सोच्दै छौ रे ।

तिम्लाई दुःखी बनाएर म बाँच्नुको के अर्थ छ
मैले भन्दा उल्टै आज मैमाथि तीर घोच्दै छौ रे ।

ईश्वर भाकी तिम्रो लामो आयु आखिर माग्दा खेरि
मेरो मृत्यु आफ्नो बिहे आज आफै तोक्दै छौ रे ।

कति माया पाएको छु भन्दै आज दाँज्दा मैले
आफ्नै सिन्दुर मेरो अस्तु मलाई मारी जोख्दै छौ रे ।

रामकृष्ण पौडेल अनयाँस
भरतपुर -१३
गजलकुन्ज चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *