(१)
धेरै छन् पीरव्यथा, बुझ्न बुझाउन गाह्रो छ
हुन्न कहिल्यै सोचे जस्तो, खै ! के तगारो छ ?
एक्लो मन एक्लो ज्यान यो मोरो ‘काले’लाई,
मानवलोक भन्दा त, मसानघाट प्यारो छ ।
(२)
यो ‘काले’ले मुटुभरि, तिम्रै नाम लेख्या’छ
हरपल आफूसँगै केवल, तिमीलाई देख्या’छ
आकाशको जूनले पनि भन्छन् ‘काली’ तिम्रै हो,
मायाको यो उद्गारमा, भन तिम्रो जवाफ के छ ?
(३)
दीलको कुरा नखोल्नेसँग
हुन्छ/हुन्न केही नबोल्नेसँग
खै ! के भनुँ र अज्ञानी यो ‘काले’,
मायाको रापले मन नपोल्नेसँग ।
पारखी माइला तामाङ
डाढीगुराँसे गाविस- ८,
सँगमभन्ज्याङ, सिन्धुली ।
