हरेक रात मेरो बुवा
मातेर घरमा रातभर हल्ला गरिहन्थे
हरेक दिन म देखिरहन्थे
एकदिन जब म घर अबेर आएँ
मध्यरातमा
तब मेरो बुवाले मलाई बेसरी गाली गर्दै
लौरोहरू ओज्याउदै भन्नुभयो कि
कान्छा किन ढिला कहाँ गएको थिए
रक्सी खाएर
मातेर आएको
तेरो के हो मनपरी हो यो?
तब म नाजवाफ भए
र बहाना बनाउदै
साथीकोमा गएको थिए
भनेर
घुप्लुक्क गएर बेडमा पल्टिए
जब भोलिपल्ट पनि,
म मध्यरातसम्म पनि घर आइन
तब मेरो घरमा उत्पात भयो
जब म घर आए
अनि ढोकाहरू उघार्दै
बुवाले फेरि पनि उसैगरी सोध्नुभो कि
आज चै के को ढिला नि कान्छा?
मैले मेरा हातहरू देखाउदै
अन्तिम पटक उहाको उत्तर दिदै भने
बुवा यो खोज्दा खोज्दै ढिला भयो
तब बुवा खुशीले रमाउदै
भित्र पस्नुभयो
र मलाई हेर्दै हाँस्नुभयो
र भन्नू भयो कि स्यावास छोरा
मेरो छोरालाई मुरि मुरि धन्यवाद
किनकि,
मैले खुकुरी रम र ट्राउड माछा नखाएको पनि
धेरै दिन भएको थियो।
तैले ल्याइदिस! स्याबास !
