Skip to content

आज पनि तिम्रो फोटो हेरी रात काटेँ

  • by


आज पनि तिम्रो फोटो हेरी रात काटेँ
सम्झनामा शिरानी त्यो बेरी रात काटेँ ।

सपनामा आयौ तिमीसँग रमाउन
तिम्रो न्यानो भेट्न कोल्टे फेरि रात काटेँ ।

मनका इच्छा सबै पोख्यौ सपनामा आई
मैले तिम्रा सारा बात टेरी रात काटेँ ।

सपना नै मिठो लाग्यो यो बिपनाभन्दा
कस्तो भयो प्यारी भनी केरी रात काटेँ ।

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *