Skip to content

यही मझेरी काफी छ


यही मझेरी काफी छ, अन्त नफुल्नु है
जंघार तर्दा दोभानमा, मलाई नभुल्नु है

सँधैभरि तिम्रै निम्ति, बनिदिम्ला माली
हाँसी खुशी फुलै रहने, बनिदिम्ला डाली
जिन्दगीको खोलि यो, सँगै तरम् न है
गाम-बेसी र मेला पात, सँगै गरम् न है

सबको निम्ति नमुना होस्, हामी दुइको माया
सबैलाई प्यारो होस् हामी दुइको छाया
चौतारीको बर-पीपल झैं सँगै बाँचौँ न है
रुनु परे सँगै रोवौला हाँस्दा हाँसौं न है

यही मझेरी काफी छ, अन्त नफुल्नु है
जंघार तर्दा दोभानमा, मलाई नभुल्नु है

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *