Skip to content

जिन्दगीमा बाँच्नलाई आश बाँकी थियो


जिन्दगीमा बाँच्नलाई आश बाँकी थियो
जोगाएको अलिकति सास बाँकी थियो

गरिबीको रेखाभित्र खुम्चिएरै बसेँ
छाक टार्न अन्न दुई गाँस बाँकी थियो

जाडो याम चिसो भुईं जोगाउन ज्यान
शीत थोपा छेक्ने सानो वास बाँकी थियो

चलिरह्यो एकनास पश्चिमेली हावा
रोक्नलाई अझै एक मास बाँकी थियो

कसो गर्नु यति रैछ बस्नलाई यहाँ
उठाउन मात्र अब लास बाँकी थियो

3 thoughts on “जिन्दगीमा बाँच्नलाई आश बाँकी थियो”

  1. तपाईको गजल राम्रो लाग्यो..
    तपाईको गजल राम्रो लाग्यो.. मैले मेरो साहित्कि प्रोगाम साहित्य सगँममा पनि समाबेस गरेँ ।।तपाईको गजल यात्रा अझै अगाडी बढोस यहि सुभकामना………….

  2. तपाईको गजल राम्रो लाग्यो
    भावनाहरुलाई भूमिका बाँधेर मिठो कृतिस्वरुप पस्कनु भएको रहेछ । तपाईंको कलमले निरन्तर गति लिईरहोस्
    BISHNUTHAPA48@YAHOO.IN

Leave a Reply

Your email address will not be published. Required fields are marked *