अधूरै रहे गाना
च्यातिदियौ तिमीले मेरा गीतका हर पाना ।
आरोप दिई नाना
मारिदियौ आँखाका हर स्वप्ना ठूला-साना ।
आँखा थिए ओभाना
घाउ दियौ र दियौ आँसुका ठूला दाना ।
हालेर मीठा दाना
दियौ सदाको लागि सम्झनाको झ्यालखाना ।
मुटुका यी भक्काना
कसलाई गएर पोखुँ पराई छन् सबैजना ।
मधुपर्क २०६८ माघ
