न्यँरियर हिँड्यौ किन, म देखेर लजाउदै ।
नजानु है छोडी एक्लै, दुनियाँलाई हँसाउदै ।
लड्नु पर्छ अब तिमी, कुसंस्कार हटाउदै
कति बस्छ्यौ अकेला भै, आफै संगै डराउदै ।
हेपिएर बस्नु हुन्न, अछुतको बिल्ला भिरी
आजैबाट हिँडौ साथी, बुढो खम्बा ढलाउदै ।
मगजले कामै गर्न, छोड्यो क्या हो कुन्नि
सडकमा भुक्छ किन, बेतर्तीब कराउदै ।
विक्रम नेपाली{पवन}
बेथान -४ रामेछाप
