Skip to content

म तर्सेको छु


म बगेको छु,
सागर भेट्नलाई होइन !
म उडेको छु,
जून टिप्नलाई होइन !
किनकि
पहरामा ठोक्किएर, दहमा घुमेको बेला,
मैले सागर बिर्सेको छु !
क्षितिजमै चट्याङ्ग पर्दा,
जून देखेर तर्सेको छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *