मान्छेले मान्छे जिउदै जलाउँछ यहाँ
नामर्द पनि, नामी कहलाउँछ यहाँ ।
सुद्धि, बुद्धि हराएका, अज्ञानी समाज,
जिउदै मानव पनि गलाउँछ यहाँ ।
मुर्ख र धुर्त हुन्छन समाज हाक्ने,
सद्देलाई पलमै तहलाउँछ यहाँ ।
अविवेकीलाई शिक्षाको प्रभा नपर्दा,
सृष्टिको नियम पनि ढलाउँछ यहाँ ।
कल्पना राई
