Skip to content


पट्पटी फुटेका बाझा गराहरूमा
निम्छरा बिरुवाहरू
रित्तो ब्याडमा
खै के टुसाउला र
मन त्यसै ओइली सक्यो
बाझा फोक्टाहरूमा
जताततै राटैराटा
डल्लैडल्ला
न आली छ
न गरामा पानी छ
कति पर्ने होला
आकाशको भर
गडाङ्गिन्छु त्यसै
कल्ले सुन्ने र
मेरो आवाज
सुन्य छु
रित्तो छु
कल्ले पल्टाउला खै
सुक्खा चपरी
कैले लहराउने
सिक्रे थाङ्ग्राको कापहरूमा
बेल र आप भएर ।

बिमल गिरी
ब्रसेल्स,
बेल्जियम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *