हुरीले डाली भाँचे छ आमा
हावालाई दोष नदिनू है।
बिछोडको पिडा सहँदै छु म,
मुटुको घाउ नछुनू है।
भन्दै पो छौ कि कहाँ छ छोरो,
हुरीले लग्यो कि।
सोच्दै पो छौकी जँघार तर्दा
आँधीमा बग्यो कि ।
सक्दिन मर्न नतिरी त्यसै
दूधको त्यो भारी।
किस्मतको मारा पाएको छैन,
बिसाउने चौतारी।
कुन दिन खुल्छ किस्मतको ढोका
पर्खेर हेर्दै छु।
भाग्यको लकिर बदल्न भनी
प्रदेशमा लड्दै छु ।
(हरि प्रसाद तिवारी)
पर्वत सालिग्राम -६
हाल साउदी अरब
