Skip to content


तिमीसित मैले भेट्दाखेरीको
खास बन्न सकेनछ
तिमीलाई सम्झेर मैले
जीवन धाउन गाह्रो भो
पाउन्जेल र खाउनजेलका
तिमीसितको साथहरू
नदीका छालजस्तै
क्षण बनेर गए
यो संसारमा बाँच्न
साच्चै नै धौ धौ परेछ
तिमीसित सम्बन्ध गास्न
मलाई मुस्किल नै भएछ
म हाँस्दाखेरी
तिमी मुस्कुराइरहन्छ्यौ
तिम्रो मुस्कानको पछाडि
केही कारण त पक्कै छ
नत्र किन मुस्कुराइरहन्थ्यौ तिमी
यति सजिलैसित ।

सामाखुसी मार्ग, काठमाडौं ३

Leave a Reply

Your email address will not be published. Required fields are marked *