Skip to content

सभ्य र ठाँटिला भिखारी

  • by


माथि गगन होइन रुपहिन आलोक मात्र छ
सपना बोकेर उडिरहेको वादल मात्र छ
यहाँ सृस्‍टिको अनेक सृजना हरू रहेको छ
जसलाई जोगाउन पनि उस्तै कठिन परिरहेको छ
यहाँ छन कोलाहल र युद्ध बोकेका मुर्त शहरहरू
मानव अस्तित्वका ध्वजा फहराउँदैछन प्रहरहरू
शायद आउँदैन होला त्यो सुन्दर शान्त दिनहरू
अब छाउँदैन होला सोचेको जस्तो सुखको छिनहरू
जीवन एक गतिशिल हो यो क्रम अभिछिन्न छ
त्यसैले त सभ्यताहरू भिन्न प्रकारले अघी बढ्छ
जो पसिनाले माटो भिजाएर अन्न उब्जाउँछन
आफू भोकै बसेर अरुलाई खुवाउँछन्
जो गिट्टी कुट्छन बिशाल ढुङ्गा फोडेर
अरुको लागि महल बनाउँछन झुपडिमा बसेर
उनिहरूमै छ जोस जाँगर अनि साधना हरू
त्यस्तै छ आस्था र विश्वास अनि भावनाहरू
जस्ले चाकडी गरेर कलम चलाउँछ उही ठुलो हुन्छ
अनि उसैको जयकार र नामको कथा लेखिन्छ
कोही फोहोरको थुप्रोमा आफ्नो जीवन खोजिरहेको हुन्छ
अनि राती सडकको पेटीमा भोकै सुतेको भेटिन्छ
यहाँ आफ्नै युग सँग हारिरहेकाछन मनुस्यहरू
तर पनि खोजिरहेकाछन अतितमा अन्धो भबिष्यहरू
हामी सभ्य र ठाँटिला भिखारी हरूले कर्तब्य भुलिरहेका छौँ
आफ्नै स्वार्थ र पैसा मात्र निरन्तर देखिरहेका छौँ
निरन्तर देखिरहेका छौ,देखिरहेका छौँ ।

रचना—- लक्ष्मी पोखरेल
काठमाडौं
हाल, इज्रायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *