म घात होइन तिम्रो,
म त तिम्रो बाटो कुरिरहेको थिए ।
म लात होइन तिम्रो,
म त तिम्रो कदमलाई टेवा दिइरहेको थिए ।
संघर्स हो जिन्दगी चिनेनौ कि तिमी,
म त तिम्रो परिक्षा लिई रहेको थिए ।
मौसम जस्तै फेरिने भाग्य, चुनौती को माझमा
लड्न र उठ्न, अनि दुगुर्न सिकाइरहेको थिए ।
हिक्मत भए, नहार्नु अझै, कुरेको छु मैले ।
सगरमाथा चुम्न सक्छौ, विश्वास राखेको छु मैले ।
हरिप्रसाद तिवारी
सालिग्राम ६ पर्वत
हाल साउदी अरब
