Skip to content


अन्तिम लागेको छ मलाई
स्पर्शहरू, न्यानाहरू, प्रेमहरू
अन्तिम मोडहरूबाट
हात हल्लाए सरी
विलीन हुदैछन आफनो गन्तव्यमा
भोलि फर्किदैनन् कि भनी
एउटा अन्तिम आशँका
घर वनेको छ
अचेल !

अन्तिम लागेको छ मलाई
आजका दिनहरू
भोलि–
मिर्मिरेहरू उज्याला छर्दैनन्
अँध्यारै दिनहरूमा
उज्याला अभ्यासहरू
अनि अँध्यारै परिणाम वोकेर
अन्तिम सत्य !
प्रमाण पत्रमा आफनो सम्भाव्य नाम
त्रास वनेर घुमेको छ
अचेल !

आज अधीर !
संयमता गुमाएर
अन्तिम लागेको छ मलाई
यो युगको एक प्रहर
गल्र्याम्म अँगालो हालेर
छोपी खोलेर हेरूँ त्यो प्रहर
के लेखेको छ मेरो भागमा
अन्तिम अँशको आशा
रहर वनेर उम्लिएको छ
अचेल !

दीपेन्द्र के.सी.
बागलुङ
हाल : ओस्टण्डे बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *