Skip to content


मैले विद्यार्थी जीवनमा एउटा लेख पढेको थिएँ जसको शीर्षक थियो ‘मैं क्या लिखूँ ।’ यस लेखको विषयवस्तु के थियो अहिले बिर्सिसकेको छु तर शीर्षक चाहिँ अहिलेसम्म याद छ । आज आएर यस्तै स्थितिको सामना स्वयंले गर्नु परेपछि यसको मर्म अलिअलि बुझ्न थालेको छु । लेखन एउटा कठिन साधना हो । एउटा कठोर तपस्या हो । लेखनमा निरन्तरता हुनुपर्दछ । यसबाट परिष्कृति आउँछ । परिष्कार आउँछ र लेखन पूर्णतातिर अग्रसर हुन्छ । लेखनका लागि अध्ययन पनि उतिकै आवश्यक हुन्छ । अध्ययनको अभावमा विचार र भावलाई कसरी आकर्षक ढङ्गमा प्रस्तुत गर्नेको सम्यक् ज्ञान हुँदैन । अतः अध्ययनबाट विचारमा गाम्भीर्य आउँछ, गम्भीरता आउँछ, परिपक्वता आउँछ । स्वाध्ययन यसका लागि धेरै आवश्यक हुन्छ । औपचारिक शिक्षा आवश्यक हुन्छ तर उति आवश्यक छैन किनभने औपचारिक शिक्षाबिना पनि केही लेखकहरू लोकपि्रय भएको उदाहरण हामीसमक्ष छ । निरन्तर अध्ययन, मनन र चिन्तन लेखनका लागि नभई नहुने निर्देशक तत्त्व हुन् । कतिपय लेखकहरूका लागि लेखन सबैभन्दा महत्त्वपूर्ण कार्य हो । यसको अगाडि कुनै चीजको त्यति महत्त्व छैन जस्तो पश्चिमी विद्वान् ग्लोरिया स्टेनेभको विचार छ- “Writing is the only thing that when I am doing it, I do not feel that I would be doing something else instead.”

अर्थात् ‘लेखन नै यस्तो चीज हो जुन जब म गरिराखेको हुन्छु, म अनुभव गर्दिन भने म अरू केही काम गर्नुपर्दछ यसको बदलामा ।’

अनुभवको आधारमा पनि लेखन सम्भव छैन किनभने अनुभवबाट एउटा किताब लेख्न सकिन्छ र केही कविताहरू लेख्न सकिन्छ । लेखकहरू त लेख्दछन् अन्तर्भावबाट अभिप्रेरित भएर, अनुप्राणित भएर जस्तो निकी गिओवानीको मत छ- “Writers do not write from experience though many are resistant to admit that they do not.”

‘I want to be clear about this. If you wrote from experience, you would get may be one book, may be three poems. writers write from empathy.’

लेखन एउटा गहनतम कार्य हो, एउटा गहन जिम्मेवारी हो । लेखकले लेखेको एउटा-एउटा शब्द र एउटा-एउटा वाक्यका लागि उत्तरदायी हुनुपर्दछ, जिम्मेवार हुनुपर्दछ । एकचोटि लेखेको कुरा अभिलेखन हुनजान्छ । त्यस उसले लेखनलाई धेरै गम्भीरतापूर्वक लिनुपर्दछ । कसको बारेमा लेख्ने वा कसको बारेमा नलेख्ने ? यो दोधारमा पर्नुभन्दा राम्रो लेख्ने, गहकिलो लेख्ने, गम्भीर लेख्नेतिर हाम्रो ध्यान जानुपर्दछ । कुनै व्यक्ति लेखनमा गम्भीर छ, उसको लेखनमा गाम्भीर्य छ, गहनता छ, के त्यसको बारेमा चर्चा-परिचर्चा नगर्ने, टीका-टिप्पणी नगर्ने, आलोचना-प्रत्यालोचना नगर्ने ? कुनै राष्ट्रको राष्ट्र प्रमुख र सरकार प्रमुख लेखकहरू छन् भने के उसको बारेमा नलेख्ने ? छिमेकी मुलुकका पूर्वप्रधानमन्त्रीहरू अरसिंह राव, अटल विहारी वाजपेयी र वी.पी. सिंह ख्यातिप्राप्त लेखकहरू हुन् । के उनीहरूको बारेमा लेख्नु कुनै अपराध हो ? यस्तो व्यक्तित्वका विषयमा लेख्नु हुँदैन भन्ने विचार राख्ने मानिस सङ्कीर्ण मानसिकता र रुग्ण धारणाका व्यक्ति नै हुनसक्छन् । यदि कुनै व्यक्ति ठूलो उद्योगपति छ, व्यापारी छ वा धनी छ भन्दैमा के उसको कुनै कृति छ भने उसको बारेमा नलेख्ने ? उसको बारेमा लेख्नेबित्तिकै उसको धनको अंशियार भइन्छ कि हिस्सेदार भइन्छ ? यस्तो सङ्कुचित र कुन्ठित विचारधारालाई के भन्ने ?

भारतीय मूलकी लेखिका झुम्पा लाहरीको भनाइ के छ भने लेखन जोखिमले भरिएको काम हो- धचष्तष्लन बलथतजष्लन ष्क चष्कपथ यस अन्तर्द्वन्द्वको राम्रो र सटिक तथा सान्दर्भिक अभिव्यक्ति हिन्दी साहित्यकार प्रसिद्ध कवि र कथाकार तथा उपन्यासकार गङ्गाप्रसाद विमलले आˆनो कविता ‘जब कुछ नहीं लिखा जाता’ शीर्षकमा यसरी पोख्नुभएको छः-

“व्यर्थ नहीँ है कुछ न लिखा जाना
इसलिए कि आज लिखा जाने से बहेतर है
चुप रहना
कल शब्दो की जगह
चुप्पी के हथियार सदी को चिरेंगे
जब कुछ नहीं लिखा जाता
तब एक तैयारी होती है
चुप्पेपन में छिपी आक्रमकता
अपने सींग फैलाती है ।”

अहिले नेपाली साहित्यमा एउटा धेरै डर लाग्दो प्रवृत्ति देखापरेको छ । लेखकको कुनै लिङ्ग, जात, वर्ण र रङ हुँदैन । लेखक निस्पृह, निष्पक्ष र निडर भएर लेख्न खोज्दछ तर जब उसको जाति, लिङ्ग, वर्ण र रङ्गको आधारमा जानाजान उसलाई होच्याउनका लागि, उसलाई हेप्नका लागि र उसलाई निरुत्साहित गर्नका लागि मिथ्या आरोप लगाइन्छ तब उसको लेख्ने प्रेरणा मरेर जान्छ र यस्तै नकारात्मक भावनाको ऊ शिकार हुन्छ कि उसको लेखनी मात्र होइन उसको जिन्दगीको खतरा पनि बढेर जान्छ । आˆनो कुत्सित, कुन्ठित र दूषित भावना लेखकमाथि आरोपित गरेर उसलाई नलेख्नका लागि निरुत्साहित गरिन्छ भने उसको अहंमा चोट लाग्दछ । लेखकीय मर्यादाको हत्या गरिन्छ ।

अचेल केही स्तम्भकार सम्पादकको चाकरी, चुगली र चापलुसी गरेर स्तम्भ लेख्दछन् जथाभावी गाली गरेर बहुचर्चित समीक्षक बन्न खोज्दछन् । आˆनो लेखकीय मर्यादा स्वयंले हत्या गर्ने गर्दछन् र अरूलाई दोष लगाउँछन् । किताबै नपढेर समीक्षा लेख्ने गर्दछन् । त्यो समीक्षा पनि होइन पुस्तक परिचय मात्र हुन्छ । पुस्तक परिचय लेखेर कसैको पि्रय पात्र बन्न खोज्दछन् भने कसैलाई जथाभावी गाली गरेर कोपभाजन पनि बन्दछन् । पदासिन मानिसहरूको पुस्तक परिचय लेख्दा उसको प्रशस्ति गान गर्दछ र जुन लेखक पदविहीन छ, उसको बारेमा जथाभावी आरोप लगाएर दुरुत्साही गर्ने दुस्साहस गर्दछ । आफू नैतिकताविहीन भएर उधारोमा लगेको किताबको मोल पनि तिर्दैन र त्यस किताबको बारेमा जथाभावी लेखेर आम्दानी गर्दछ । आˆनो आयस्रोत र यस्तै विवादास्पद कुरा लेखेर पूर्वाग्रही र परपीडक बन्दछ । आवरण पृष्ठ र शीर्षक पढेर किताबको परिचय लेख्ने गर्दछ । यस्तो नकारात्मक प्रवृत्तिलाई प्रश्रय दिनु पनि एउटा नैतिक अपराध हो ।

समालोचना साहित्यको एउटा स्थापित स्वतन्त्र विधा हो तर नेपाली साहित्यमा पुस्तक परिचय र समालोचनालाई पर्यायवाची शब्दको रूपमा प्रयोग गर्ने गरिन्छ जुन कदापि पनि न्यायसङ्गत होइन । पुस्तक परिचय कदापि पनि समालोचना क्षेत्रअन्तर्गत पर्दैन । समालोचना, रचना वा रचनाकारका लागि होइन कि लोकहितको लागि हुनुपर्दछ तर नेपाली साहित्यमा समालोचना रचनाकारलाई खुसी तुल्याउनका लागि मात्र गरिन्छ । कुनै रचनाकार ठूलो पदमा छ भन्दैमा उसको रचना केही दोष नदेखिनु र उसलाई खुसी तुल्याउनका लागि प्रशंसा नै प्रशंसाको पुल बाँधेर लेख्नु लेखकीय मर्यादाको हत्या हो । अचेल नेपाली साहित्यमा यो प्रवृत्ति पनि प्रस्टरूपमा देखिन्छ । गुटबन्दीको बिगबिगी त भनेर साध्य छैन । विमोचन या लोकार्पण कार्यक्रम नै यसै प्रवृत्तिबाट प्रेरित प्रभावित भएर गरिन्छ । यस्तो कार्यक्रममा अमिलो कुरो गर्नु अपराध नै ठानिन्छ । समालोचनाको शाब्दिक अर्थ नै हो कृतिको दोष गुण छुट्याउनु, उसका कमी-कमजोरी र त्रुटिहरू तथा विशेषता दर्शाउनु तर यस्तो कुनै पनि विमोचन वा लोकार्पण कार्यक्रममा हुँदैन ठेकेदारों को लिए शिलान्यास और कवियों के लिए सबसे खुसीका दिन उनके सङ्ग्रह के लोकार्पणका होता है । हिन्दुस्तानकी आधारशिला शताब्दियांे पहले महारानी एलिजावेथ ने रखी थी शीघ्र ही उसका लोकार्पण अंकल सैम के हाथों सम्पन्न होगा देखना न भूलिएगा । देशकी लोकार्पण की तैयारियों पर हमारा विषेश बुलेटिन बस छोटे से ब्रेक के वाद ।’ देवेन्द्र आर्यः वागार्थ, फरवरी २००८ यहाँ विमोचन, लोकार्पण र आधारशिला माथि कटु व्यङ्ग्य गरिएको छ ।

यसबाट समालोचनाको स्वस्थ प्रवृत्तिबाट, प्रक्रियाबाट र प्रविधिबाट कृति स्वतः वञ्चित हुनजान्छ । कुनै कृतिको बारेमा सत्य-तथ्य कुरा कोट्याउनु मानहानी र गाली बेइज्जतीको मुद्दा खेप्नु हो । यदि भएन भने सस्तोमा शत्रुता कमाउनु हो । यो समालोचनाको सङ्कटलाई निम्त्याउनु हो र स्वस्थ समालोचनाको परम्परालाई मरिमामेट तुल्याउनु हो । नेपाली साहित्यमा अपाङ्ग दृष्टिविहीन, बहिरा र लाटाको कृतिको बारेमा समालोचना कमै लेखिएको पाइन्छ । दलितहरूको बारेमा खोई समालोचना लेखिएको ‡ झमककुमारी अपाङ्ग भएर राम्रो लेखक हुनुहुन्छ । खोई उहाँको बारेमा केही लेखिएको पाइँदैन । अहिले समालोचना ठूलो ओहदामा बस्ने, धनाढ्य र सम्पन्न लेखकको सेरोफेरोमा सङ्कुचित हुने गरेको छ ।

अहिले आˆना पि्रय लेखकहरूलाई उत्तर आधुनिक बनाउनका लागि भरमग्दूर प्रयास राखेको छ । यसप्रवृत्तिले गर्दा लेखकहरू आलाङ्कित भएका छन् । कसरी उत्तर आधुनिक बनेन ? तर कुनै पनि लेखक उत्तर आधुनिकताको ऐनामा आˆनो अनुहार हेरेर लेख्दैन । यसको फ्रेम निर्माण गरेर लेख्दैन । उत्तर आधुनिक नभएर पनि लेखक कालजयी रचना गर्नमा सर्वथा सफल र समर्थन हुनसक्छ । विगतका कृतिहरूको सम्यक् कुरोको समर्थन गरिरहेको छ, साक्षी बकिराखेको छ, समालोचनाले ।

समालोचक पद र पैसाका लागि लेख्ने गर्दछ र बोल्ने गर्दछ । विमोचन कार्यक्रममा नपत्याएर हेर्नुस् एउटा सिर्जनशील साहित्यकारको निम्नलिखित मतः- “पैसा र पदले लेखक बनेका मान्छेको पुस्तक-विमोचन कार्यक्रम, कति विरक्तलाग्दो होला । … … यो यस्तै मन्द बुद्धि तथा बिकाउ समालोचकहरू हुन् नेपाली साहित्यका हत्यारा ।” (राजेन्द्र पराजुली अनामिका ः पृ. ०६३)

Leave a Reply

Your email address will not be published. Required fields are marked *