Skip to content


अहिले देश निद्रामग्न छ
परिवर्तनको हुरी
नयाँ निर्माणको सपना
हिमाल-तराईका दुई खापाले
आँखाभित्र नै बन्दछन् ।
पहरेदार परेलाहरु
आँखा भित्र-बाहिर गर्ने
नेताले बाँड्ने सपनाका शब्दहरुको
चहलपहल नभएर
ढुक्कुरसँग उँघिरहेछन्/घुरिरहेछन् ।
निद्रामै देश रुमानीपनमा रमाउँछ
क्रान्तिको नयाँ विगुल घन्काउँछ
नयाँ सत्ताको हिसाब लगाउँछ
जुम्लामा रेलमार्ग बनाउँछ
हिमालको पानी थुनेर पानीजहाज डुलाउँछ ।
कहिले आफैँ पक्ष-विपक्ष भएर
महाभारतमा मेचीकाली गाडी गुडाउँ कि ?
पहाड स्वीजरलैण्ड, तराई अमेरिकाझै बनाउँ कि ?
हिमालमा हिलस्टेसन बसाउँ कि ?
नटुङ्गनिे बहस छेड्छ
निद्राको मातमा धङ्धङ्गएिर
जुलुस निकाल्छ, सडक बाल्छ
आफैँ ढुङ्गा हान्छ, आफैँ गोली खान्छ
सुशासनको गीत गाउँछ, तालसुर मिल्दैन
कारबाही गर्छु भन्छ, अनि आफैँ दङ्ग पर्छ ।
नीति नयाँ प्रसङ्ग ल्याउँछ
देशलाई युरोपझैँ बनाउँछु भन्छ
भाषणको खेतमा श्रब्दको खेती गर्छ
सपनाको बाली भित्र्याउँछ
लोक जिल्याउने उद्योग खोल्छ ।
तरङ्गएिको मनले ब्युँझिएको भान पार्छ
आँखा खोल्छ, यथार्थ देख्छ
उही च्यात्तिएको भोटो, उही भोको पेट
उही भ्रमको खेती, उही माफियाको सेट
समस्या जस्ताको तस्तै व्यवस्था नामोनेट
नेता निद्रामग्न, ठप्प देश ।

-कालधारा, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *