Skip to content


बगैँचातिर र्फरर्फर
उड्छे पुतली
फूलमाथि रमाउँदै
गुड्छे पुतली ।

आँखा अलि ठूलाठूला
जिउ सानो सानो
फूलमाथि बसेपछि
पखेटाको छानो

नाच्दै-नाच्दै उडेकी
सानी पुतली
उनैसँग खेलौँ खेलौँ
नानी पुतली ।

समाउन खोज्दा पनि
भागी भागी जान्छे
टाउकोमाथि उडेर
मलाई नाघी जान्छे ।

बगैँचामा उड्दा झनै
राम्री पुतली
कोपिलामा डुलिरहन्छे
हामी पुतली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *