Skip to content


जब मर्छन् मन्दिरकै ढोकाअघि भोकाहरू
सोच्नु तिम्रो लागि पनि बन्द छन् ती ढोकाहरू

पखालिन्न पीडाको खत नपुज निर्जीव ढुङ्गा
तिमीलाई नै गिज्याउँदछन् ती पीडाका पोकाहरू

कालोलाई कालो देख्न छाड्छन् भने तिम्रा आँखा
आफ्नै थाप्लो उक्लिएर माथि चढ्छन् धोकाहरू

जबसम्म खान्छ द्यौता रगतको अर्घ मात्रै
तबसम्म मर्छन् निर्दोष मन्दिरमा बोकाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *