Skip to content


लामो खडेरीको कारण जनजीवन प्रभावित हुन थालेको छ । वायुमण्डल तुवाँलोले ग्रस्थ छ । उपत्यकाको वायुमण्डलमा धुवाँ र धुलोको मात्रा बढी भएकोले हवाइसेवा समेत प्रभावित हुन थालेका समाचार बरोबर प्रकाशमा आइरहेका छन् । वषर्ाऋतुताका बिदा भएको मनसुनी वषर्ापछि वषर्ा बादललाई कसैको भनसुन चलेको छैन । पानीका मुहानहरू धमाधम सुक्दै गएका छन् । भूमिगत पानीको सतह पनि घट्दै गएको छ । पानी नपरेकाले खोलाको पानी त यसै पनि सुक्दै गएको छ । हिउँद ऋतुमा हिउँ नपरेकाले हिमनदीहरूमा पनि पानी बढ्न सकेको छैन । यद्यपि पछिल्लो अवस्थामा मौसममा केही परिवर्तन देखिएको छ र जनजीवनमा केही राहतको आशा पलाएको छ । तर खोई कुन्नि किन हो मेघले गर्जने काम मात्र गरेको छ, वर्षन खासै जाँगर चलाएको पाइएको छैन । सरकारले गत पुस महिनामै ऊर्जा सङ्कट घोषणा गरी सुधारका विविध प्रयास थालेको भए पनि खासै प्रभावकारी बन्न सकेको छैन । अझ आश्चर्यको कुरो त के छ भने कतिपय तत्कालै गर्ने भनिएको सुधारका कार्यक्रम हालसम्म सुरु नै हुन नसकेको समाचार समेत प्रकाशमा आएको छ । हुन त यस अवधिमा भारतको टनकपुर क्षेत्रबाट ल्याउने भनिएको बिजुली आइसकेको र भारतकै अन्य क्षेत्रबाट ल्याउने भनिएको बिजुली आउने क्रम जारी रहेको समाचार पनि प्रकाशमा नआएको होइन । तर नेपाल विद्युत् प्राधिकरण विद्यमान लोडसेडिङ्ग घटाउनेतर्फ टसमस देखिएको छैन ।

मानव गतिविधिका कारण प्रकृति वलात्कृत हुन पुगेको छ । मानिसले आˆना तुच्छ स्वार्थका लागि गर्न हुने काम पनि गरेका छन,् गर्न नहुने काम पनि गरेका छन् । मानव गतिविधिकै कारण पानी दूषित भएको छ । माटो दूषित भएको छ । हावा दूषित भएको छ । हुँदाहुँदै अब त समग्र वायुमण्डल नै दूषित हुन पुगेको छ । महङ्गी बढेको बढ्यै छ । झन् निर्माण सामग्रीको भाउले आकाशै छोएको छ भन्दा पनि फरक पर्दैन । अझ कतिपय सामग्री उपभोक्ताले बढेको मूल्य तिरेर पनि पाउन सकिरहेका छैनन् । कतिपय उद्योग-व्यवसाय खुल्नै सकेका छैनन्, । खुलेका उद्योगहरू पनि लोडसेडिङ्गका कारण चल्न सकेका छैनन् । केही समय अघि भदौंमा कराउनु पर्ने चरा कात्तिकमा कराएको समाचार प्रकाशमा आएको थियो । हाल विगतमा स्याउ फल्ने गरेको हावापानीको स्थानमा स्याउ फल्न छोडेर सुन्तला फल्न थालेको समाचार प्रकाशमा आएको छ । सरसर्ती हेर्दा यस्ता खाले समाचार खासै महìवका नठहरिन सक्लान् । तर अलिकति गहिरिएर मनन गर्ने हो भने यसले मौसम परिवर्तनको सवालमा कम गहन सन्देश प्रवाह गरिरहेको छैन । के कति कारणले भदौंमा कराउने चरा कात्तिकमा करायो र स्याउ फल्ने स्थानमा सुन्तला फल्न थाल्यो किटानीसाथ यसै भन्न त सकिन्न तर मानव गतिविधिकै कारण वातावरणमा उतार-चढाव आई प्रकृतिमै फेरबदल आएको कुरोलाई भने बिर्सन हुँदैन । साथसाथै एवं रीतले हरेक कुरामा प्रकृतिले गति छाड्दै जाने हो भने कुनै दिन धेरै खान वा एक्लै खाने वहानामा अस्वस्थ प्रतिस्पर्धाको रेसमा उत्रेको मानव समाजले खानै नपाउने अवस्था समेत पुग्न नपर्ला भन्न सकिन्न ।

यसै पनि धेरै खाने र एक्लै खाने लोभमा फसेका मानव गतिविधिका कारण ओजोन तह पातलिएर सूर्यबाट आउने परावैजनी किरणले अनेक खाले चर्मरोगलाई निम्तो दिइसकेको छ उता यसैका कारण अन्टार्टिकामा पार्ने दरारले समुद्री किनारका आवादीमाथि विनाशको निम्तो पुर्‍याइसकेको यथार्थ पनि हाम्रो सामु छ । यस्तो परिप्रेक्षमा मानिसले आˆनो गतिविधिमा सुधार ल्याएन र प्रतिकृतिक वातावरणलाई असन्तुलित बनाउने काम जारी नै राख्यो भने समग्र मानवसमाजको मात्र नभई प्राणी समाजकै अवस्था कस्तो होला स्वतः अनुमान लगाउन सकिन्छ ।

निःसन्देश मीठो खान खोज्नु, धेरै सान खोज्नु र अगाडि बढ्न खोज्नु नराम्रो होइन । यो त मानवीय स्वाभाव नै हो । संसारमा कसैको पनि पाइलो पछिल्तिर फर्केको र उल्टो हिड्ने गरेको उदाहरण पनि कतै पाइएको छैन । निरन्तर अगाडि बढेर प्रकृतिले यही न सन्देश दिएको छ भने ‘उत्तिष्ठत जाग्रत प्राप्य वरान्निवोधत’ अर्थात उठ, जाग, अगाडि बढ भनेर उपनिषद् दर्शनले पनि यही नै सन्देश दिएको छ । त्यसैले त चाहे मानिसको होस् चाहे पशुपक्षी सबैको नवजात शिशुको पहिलो प्रयास नै अगाडि हेर्ने, अगाडि बढ्ने र केही खान खोज्ने नै हुने गर्दछ । तर अगाडि बढ्ने नाममा अर्काको बाटो नै अवरुद्ध गरेर एक्लै हिड्न खोजियो भने एक दिन सबैको नै हिड्ने बाटो अवरुद्ध हुन पुग्छ । त्यस्तै मीठो र धेरै खाने निहुँमा अर्काको भागसमेत खान खोजियो भने आफु ताक्छु मुढो नियति ताक्छ घुँडो भने जस्तो मीठो, मसिनो त कुरै छोडौ रुखा सुखा नै पनि खानै नपाइने अवस्था बनेर आउन सक्छ भन्ने कुरोलाई भने बिसर्न हुँदैन । मानिसले संसारमा प्रगति त निकै नै गरिसकेको

छ । मानिसको विगतको यात्रालाई पछाडि फर्केर हेर्ने हो भने कहाली लाग्ने नतिजा देखा पर्दछ । ढुङ्गे युगको कालो पर्दा च्यातेर संसारलाई चिहाउन पाउदा दङ्ग पर्ने मानवसमाजले आज चन्द्रलोकको यात्रा सकी भौमलोकको यात्रा गर्ने तरखर गर्दैछ भने यसलाई मानिसको यही अगाडि बढ्ने स्वभावको प्रतिफल मान्नुपर्छ । तर ‘गायन्तिदेवा किल गीतकानि…’ अर्थात एक जमानामा देवताहरूलाई समेत ईष्र्या लाग्ने पृथिवीलोकमा आज जुन किसिमको विकृति देखिएको छ र एक जमानामा ‘वसुधैव कुटुम्वकमाको अवस्थामा पुगेको मानव समानमा जुन किसिमको अस्वास्थप्रतिस्पर्धा र एकलकाटे प्रवृत्ति देखिएको छ । त्यसको कारण मानिसको यही अगाडि बढ्दा अरुलाई विर्सन प्रवृत्ति नै हो भन्दा फरक पर्दैन । त्यसैले संसारलाई पुनः स्वर्गीय आनन्ददायक बनाउने हो भने हाल बढ्दै गएको असहिष्णु पाराको मानव गतिविधिमा अङ्कुश लाग्नै पर्ने देखिन्छ । अन्यथा प्रकृति रिसाएर मानव समाजलाई हालको भन्दा पनि भयानक अवस्थामा नपुर्‍याउला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *