Skip to content


सेते घर्तीः गाउँबासी र मनमायाको बाबा ।
हीरामाया घतीः सेते घर्तीकी श्रीमती र मनमायाको आमा
मनमाया घर्ती ः सेते घर्ती र मनमायाको दश वर्षकी छोरी ।
हीराबहादुर घर्तीः गाउँको मुखिया वा (अध्यक्ष) ।
शान्तीः गाउँ पढाउन आएकी शिक्षिका ।
रमेशः सेते घर्तीको आठ वर्षको छोरा ।

समयः बिहानको ८ बजे ।

स्थानः सेते घर्तीको घरको भान्छाा कोठा ।

(हीरामाया चामल केलाउँदै एक्लै फत्फताईरहेकी हुन्छिन्)

हीरामायाः यो छोरी पनि कहाँ गइ होली ? (बोलाउँछिन्) छोरी! ए छोरी! (जवाफ नआएको देखेर जुरुक्क उठ्छिन् र ढोकामा आएर फेरि बोलाउँछिन् ।) छोरी ! ए मनमाया ! सुनिनस् कि क्या हो ? (जवाफ आउँदैन । आफूले बोलाएको स्वर आफँैतिर फर्किएर आउँछ । छोरीले नसुनेको देखेर तिनलाई दिक्क लाग्छ र फेरि गुन्दि्रमा थुचुक्क बस्छे र फत्फताउन थाल्छे ।)

हीरामायाः भात पकाउनु छ । यो मनु कहाँ मरीहोली ? यत्ति काम पनि आमालाई सघाउँदिन । त्य’ल्लाई पख Û

-त्यहीबेला सेते घर्ती भान्छामा पस्छ । हीरामाया रिसले फत्फताइरहेको देखेर उसले सोध्छ ।)

सेते घर्तीः तिमीलाई के भयो हौ ? एक्लै के फत्फताई रहेकी ?

हीरामायाः छोरी कहाँ गई भनेकी ? यहाँ छोरालाई स्कुल पठाउन ढिला भैसक्यो । दुई गाग्री पानी यसो बिसाइदिएकी भए मलाई केही सजिलो हुन्थ्यो भनेको । काम गर्नुपर्ला भनेर मोरी कहाँ जान्छे जान्छे ।

सेते घर्तीः विचरी ती छोरीलाई तिमी कति कज्याउँछौ ? यो काम छोरालाई अह्राए पनि हुन्थ्यो । उल्ले पनि त घरको काम गर्न हुन्छ ।

हीरामायाः हरे …. ! छोरालाई काम अह्राउने मैले ।

सेते घर्तीः छोरालाई काम गरायो भन्दैमा आकाश खस्दैन बूढी !

हीरामायाः ह….ह…..ह… छोरालाई काम अह्राउनु जान्या छैन मैले । छोरालाई पढ्नुपर्छ, क्या पढ्नु पर्छ । बिहान एउटा उसिनेको अन्डा र एक गिलास दूध ख्वाएर पढ्न पठाएकी थिएँ, कोठामा बसेर पढ्दै होला ।

सेते घर्तीः पढ्ने होइन के … किताब भन्न बूढी !

हीरामायाः त्यही त भनेको । किताबको भारी बोक्नुपर्छ ।

सेते घर्तीः अ …. बूढी ! छोरालाई त अन्डा र दूध दियौ त ? उसले पनि त बिहानै उठेर घरको बढारकुढार गरेकी छे । कपडा धोएकी छे । गोठको गोबर सोहोरेकी छे । त्योभन्दा धेरै त्यति कलिली छोरीले गर्न सक्ली र ?

हीरामायाः छोरीलाई धेरै मताउने काम नगर है । अर्काको घर जानुपर्ने छोरी, घर गरेर खान नसक्ली र फर्केर माइतै आउली । आमाबाबुले त हो नि काम सिकाउने ।

सेते घर्तीः थाह छ, सपै …….

हीरामायाः थाहा छ भने, भोलि दुःख पाई भने आफैँले पाल्नुपर्ला । अनि के गर्छौ बूढो ?

सेते घर्तीः ए बूढी Û हाम्रो पालोको जमाना हैन यो । अहिले त छोरीलाई सानैमा ‘व्याहादान’ गरेर पठाउनु हुँदैन रे । अठार वर्षको उमेर पूरा नभएसम्म ‘व्याहादान’ गराइदिनु भनेको सामाजिक अपराध हो अरे । कानुनमा लेख्याछ रे । त्यो उमेरमा छोरीलाई पनि पढ्न पठाउनु पर्छ रे । पल्लाघरे साहिँलाले त्यस्तै कुरा गर्दै थिए ।

हीरामायाः जोले जे भने तापनि आखिर छोरी भनेको अर्काको घर जाने जात हो हेर बूढा । त्यही भएर छोरीलाई पढाउनेतिर होइन, काम सिकाउनेतिर ध्यान दिनुपर्छ ।

सेते घर्तीः -झोक्किएर) तिमीले मात्रै कुरा गर्ने होइन । मेरो अर्को कुरा पनि सुन । तिमी मात्रै फत्फताएर हुँदैन । छोरीलाई पनि स्कुल पढ्न पठाउनुपर्छ रे । छोरीलाई पढाउन पठाउने आमाबाबुलाई गाविसले पुरस्कार हो कि के जाति हो कुन्नि दिने भएका छन् रे । हाम्ले पनि हाम्री छोरीलाई स्कुल पठाउनुपर्छ ।

हीरामायाः जोले जे देओस् जे भनोस्, मत छोरीलाई पढ्न पठाउँदै पठाउँदिन -भुइँमा हातले हान्छे) भोलि केही नराम्रो भयो भने हाम्रो इज्जत जान्छ । छोराले मात्र पढे पुग्छ । भोलि हाम्लाई पाल्ने छोराले नै हो । चुप लागेर बस …बूढा Û

सेते घर्तीः यो बूढीलाई कसरी सम्झाउने होला । -फत्फताउँदै भान्छा कोठाबाट बाहिर निस्कन्छ ।)

रमेशः रमेश भान्छा कोठामा पस्छ र भन्छ – आमा Û भोक लाग्यो । स्कुल जाने बेला भइसक्यो भात पाकेको छैन ?

हीरामायाः पाक्यो…. पाक्यो । पिर्कामा बस म भात पस्किदिन्छु ।

-त्यहीबेला सेते घर्ती भित्र पस्छ र भन्छ)-

सेते घर्तीः हीरामायातिर हेरेर बूढी Û छोरीलाई पनि त माया गर्नुपर्छ नि Û

हीरामायाः -रिसाएर) अँ मलाई छोरीको माया लाग्दैन, तिमीलाई मात्र लाग्छ । तिमीलाई भन्न पाए पुग्यो ।

सेते घर्तीः छोरीलाई र मलाई भात पस्किदेउ । आजबाट मेरी छोरी स्कुल पढ्न जान्छे ।

हीरामायाः -जिल्ल परेर लोग्नेलाई हेर्छे र भन्छे)- के कुरा गर्छन् यी बूढा ? छोरीलाई पढ्न पठाएर घरको काम कल्ले गर्छ ? म त पढाउन पठाउन्न भन्द्याछु ।)

सेते घर्तीः -चोर औँलाले हीरामायाको नाकलाई देखाउँदै)- घरको काम तिमीले गर्ने ।

-हीरामाया रिसाउँछे र भान्छा कोठाबाट बाहिर निस्कन खोज्छे, सेते घर्ती उनको हात च्याप्प समात्दै भन्छ) –

सेते घर्तीः कति छिटो रिसाएकी ? मैले तिमीलाई मात्रै काम गराउँछु र ? हामी दुबै मिलेर घरको र बाहिरको काम गरौँला तर हेर छोरीलाई पढाउन पठाउन्न नभन है ।र्

ः -रिझाएको स्वरमा) मेरी बूढी कति जाति हगि ?

हीरामायाः धेरै चिप्लो कुरा गर्नु पर्दैन । -भात पस्किदिँदै) “दुबैजना बाबुछोरी भात खान आओ” भन्छे ।

-दुबै बाबुछोरी भात खान पिर्कामा बस्छन्)

मनमायाः बा अब मैले साँच्चै पढ्न पाउँछु हगि ?

सेते घर्तीः-मनमायाको टाउकोमा सुम्सुम्याउँदै) – हो, छोरी अब तिमीले पढ्न पाउँछौ ।

-दुबै बाबुछोरी भात खान थाल्छन्) बाहिर कसैले बोलाएको स्वर भान्छा कोठासम्म सुनिन्छ –

स्वर – सेते Û ए सेते Û भित्र को छ हँ ?

सेते घर्तीः-स्वर सुनेर मनमायालाई भन्छ) हेर त मनकी आमा Û बाहिर मलाई बोलाए जस्तै छ ।

-मनमाया भान्छा कोठा बाहिर जान्छे)

-बाहिर गाविस. अध्यक्ष हीराबहादुर र शिक्षिका शान्ति उभिएका हुन्छन्) उनीहरूलाई देखेर मनमायाले दुबै हात जोडेर भन्छे –

हीरामायाःए मुखिया बा पो रहेछन् । नमस्ते Û मुखिया बा Û कताबाट आनु भो ?

मुखिया बा (अध्यक्ष)ः यहीँ आको नानी -नमस्ते फर्काउँदै) नमस्ते Û खै त सेते ? अनि तिम्री छोरी खै ? हाम्रो गाउँमा छोरीलाई पढ्न पठाउनुपर्छ भन्ने अभियान लिएर सहरबाट शान्ति मिस आउनुभाको छ ।

हीरामायाः -बस्ने मुढा राखिदिँदै) बस्दै गर्नुस् है मुख्या बा ? म छोरीको बालाई बोलाएर ल्याउँछु । -भित्र पस्छे)

-एकछिनपछि सेते घर्ती, हीरामाया र मनमायासँगै बाहिर आउँछन् ।

सेते घर्तीः हजुर ! नमस्कार ! हजुर मेरो घरमा ? मलाई बोलाउनु भए पनि हुन्थ्यो । म आइहाल्थेँ ।

अध्यक्षः नमस्कार ! के छ हालखबर ? के म तिम्रो घरमा आउनुहुन्न र ?

सेते घर्तीः किन नहुनु हजुर ? यो घर पनि हजुरकै हो त हो नि! भन्नुस् मैले के सेवा गरौँ ?

अध्यक्षः सेवा नै भनौँ । छोरीको भविष्य बनाउने, तिनलाई पढ्न पठाउने भनेको पनि सेवा नै त हो नि (शान्ति मिसलाई हेरेर) कसो ? शान्ति मीस । )

शान्तिः हजुरले भन्नुभएको कुरा ठीक हो अध्यक्ष्यज्यू ! (सेते घर्तीतिर फर्केर) नमस्ते! म शिक्षिका हुँ । मेरो नाम शान्ति हो । छोरीलाई पढाउन पठाउनपर्छ भन्ने अभियान लिएर यो गाउँमा हामी चारजना आएका छौं । हजुरको छोरीलाई स्कुल पढ्न पठाउनुपर्छ) ।

सेते घर्तीः यस्तो राम्रो काम बोकेर हजुर आउनु भो, हामीलाई असाध्यै खुसी लागेको छ । म मेरो छोरीलाई अवश्य पढ्न पढाउँछु र अरू साथीहरूलाई भन्छु तर -हीरामायालाई देखाएर) आमालाई सम्झाउनुपर्छ कि एकपटक ।

हीरामायाः (बूढालाई हेरेर) मुखिया बा, मिस आउनुभएको बेलामा मलाई केही नभन है । म पनि छोरीलाई पढ्न पठाउँछु ।

मनमायाः मेरी आमाले मलाई यति धेरै माया गर्नु हुँदोरहेछ । म भोलि धेरै पढेर आमालाई पनि पढ्न सिकाउनेछु । हुन्न बाबा ।

सेते घर्तीः किन नहुनु ? मिस र मुखिया बालाई धन्यवाद भन छोरी!

मनमायाः नमस्ते ! मुखिया बा ! नमस्ते मिस!

अध्यक्षः ल अब त्यसो भए सबै मिलेर अर्को घरमा छोरीलाई पढाउनु पठाउनुपर्छ भनेर भन्न जाऔँ ।

सबै: जाऔँ जाऔँ ।

(सबै छोरीलाई पढाउन पठाऔँ ाभन्ने अभियानमा सरिक हँुदै अर्को घरतर्फ लाग्छन्)

डाक्टरः (ज्यादै बोल्ने महिलाको स्वास्थ्य परीक्षणा गर्दै) तपाईंलाई कुनै पनि रोग छैन । केवल आरामको आवश्यकता छ

महिलाः एक पटक मेरो जिब्रो त हेर्नुस् ।

डाक्टरः तपाईंको जिब्रोलाई पनि केही भएको छैन, केवल आरामको आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *